आदि को मनोरम नृत्य

नाटकको अनुभव

  हामी मिति २०७६/१/२६ बिहीबारको दिन हामी  कक्षा ८,९, र १० शिल्पी नाट्यघर नाटक हेर्न गयौं । त्यो ठाउँ गौशालामा थियो।
            हामी बिद्यालयबाट १:१० बजे तिर निस्कियोउ। हामी  शिल्पी नाट्यघर सम्म हिड्दै गयौं। हामी लाइ हिड्दै जादा पनि धेरै मज्जा  आयो। हामी लाई त्यहा पुग्न लाई १५ मिनट जति लग्यो। 
             हामी त्यहा पुग्दा सम्वाभी भन्ने बिधालय  पनि गाको  रहेछ। त्यहा जगत मन्दिर र सम्वाभी बिद्यालयलाई बोलाको रहेछ। हामी नातक हेर्न भित्र गए पछि हाम्रो दिमाग् फ्रेश पर्न लाई हामी सबै लाई २ वटा खेल खेलौनु भयो। त्यो खेलहरु  खेल्दा निक्कै रमाइलो भयो। 
           त्यो खेलहरु खेले पछि हामीहरु ले नटक हेर्न सुरु गरेका थियौ। नाटक हाम्रो उमेर को  बरेमा थियो। त्यहा हामीले आफ्नो कुरा हरु आफ्नो आमा बुबा र शिक्षकशिक्षिका हरु सङ्ग आफ्नो फीलिङ बाड्नु पर्छ र आफ्नो साथी हरु ले नराम्रो कुरा भन्दा मान्नु हुदैन अनि यो उमेर मा हामी लाई साथी हरु को कुरा धेरै मन पर्ने  र हामी बिग्रने उमेर नै कक्षा ८ ९ र १० मा हुदोरहेछ। त्यसैले हामी नराम्रो संगत हरु सङ्ग जोगिनु  पर्छ  भने  कुरा हरु मैले त्यो नटक बट बुझेको छु। 
            नाटक १ घन्टा ३० मिनेट जति को थियो। नाटक सिद्दिये पछि हामीले नाटक को बरेमा हल्का कुरा हरु गरेउ। त्यो पछि हामी आफ्नो बिधालय फर्कियौ। बिद्यालय फर्किदा ३:५० भइ सकेको थियो।  त्यो पछि हामी आफ्नो  आफ्नो घर आएका थियौ ।
                           धन्यवाद !!

Comments

Popular posts from this blog

Dhading

Experience of police class

My father